भारी बर्षाका कारण कुवेत र सिंगापुरको खेल रद्द, नेपाल विश्वकप छनोटको संभावना जिवीतै


आइसीसी टी २० विश्वकपको एशिया छनोट अन्तर्गत मंगलबारको दोस्रो खेलमा कुवेत र सिंगापुरले अंक बाँडेका छन । नेपाल र कतार विचको खेल सकिएपछि भारी बर्षाका कारण मैदानमा पानी जमेको थियो । जसका कारण टस नै नभई खेल रद्द गरिएको हो ।



यो खेल बराबरी भएपछि नेपालले विश्वकप छनोटको अन्तिम चरणमा स्थान बनाउने संभावना पनि जिवीतै बनेको छ ।

नेपालका लागि ठूलो झड्का, कतारसँग नेपाल ४ विकेटले पराजित 




सिंगापुरले पहिलो खेलमा कतारलाई हराएको थियो भने कुवेत मलेसियासँग पराजित भएको थियो ।

यो खेल रद्द भएपछि सिंगापुरको दुई खेलबाट तीन अंक भएको छ भने रन रेटमा पनि उ शिर्ष स्थानमा रहेको छ । यस्तै मलेसियाको एक खेलबाट दुई अंक, कतार दुई खेलबाट दुई अंक, कुवेत दुई खेलबाट एक अंक र नेपाल भने एक खेलबाट अंक विहिन छ ।



सम्बन्धित
Loading...