भारतीय कन्टेनरले किच्दा हेटौंडामा २ जनाको ज्यान गयो, ७ वटा सवारीमा क्षति


सरिता दाहाल




चुरे मकवानपुर । मकवानपुरमा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ७ वटा सवारीमा क्षति पुगेको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका– १५ चुरियामाई मन्दिर नजिक भएको दुर्घटनामा परी २ जनाको घटना स्थलमै मृत्यु भएको छ। भारतीय मालवाहक कन्टेनरले थिचेर २ जनाको मृत्यु भएकोे प्रहरीले जनाएको छ। ३० टन बिद्युतिय सामाग्री बोकेर आएको एनएल ०१ डी ८०३१ नम्बरको १८ चक्के भारतीय कन्टेनर अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको घटनास्थल मै मृत्यु भएको छ भने ७ वटा सवारीमा क्षति पुगेको छ।




मृत्यु हुनेमा ना १ ह ८८२४ नम्बरको अटोका चालक बसामाडि घर भई हेटौंडा– ९ निवासी सुजनकुमार ढकाल रहेका छन्। मृत्यु हुने अर्का व्यक्तिको पहिचान खुल्न बाँकी रहेको प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताए। दुर्घटनामा बा ६६ प ६२१३ नम्बरको मोटरसाइकल चालक गम्भिर घाइते भएका छन्। यसैगरी ५ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुको मकवानपुरको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।

कन्टेनरले ना १ ज ७७८६ नम्बर सुमो, बा ६६ प ६२१३ नम्बरको मोटससाइकल र ना १ ह ८८२४ नम्बरको अटोलाई थिचेको थियो भने ना ५ ख ५११३ र ना ४ ख ३१४१ नम्बरको बस, को १ च २२६७ नम्बरको कुखुरा बोक्ने गाडि र भे १ क ६३१ नम्बरको ट्रक ठोक्किएको प्रहरीले जनाएको छ। दुर्घटनामा कन्टेनर सडकबाट तल खसेको छ। दुर्घटना पश्चात कन्टेनरका चालक फरार छन्। चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।




सम्बन्धित
Loading...