लागु औषध सहित २ जना पक्राउ


‍‍‍श्रावण ०७ जनकपूरधाम ।
जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलवार धलक्ष्मिनीया गाउँपालिका वडा नं. १ सिगंरगोडा बाट लागू औषध गांजा सहित दुइ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता सहायक प्रहरि ऊपरिक्षक रामेस्वर खनालले जानकारी दिएका छन ।



गोप्य सुचनाको आधारमा प्रहरी कार्यालयबाट खटि गएको प्रहरी अधिकृत समेतको विशेष टोलीले जिल्ला महोत्तरी औरही नगरपालिका वडा नं. २ बस्ने पर्शुराम विश्वकर्माको छोरा वर्ष २३ को पवन विश्वकर्मा र जिल्ला सर्लाही लालबन्दी नगरपालिका वडा नं. १० वस्ने भोला विश्वकर्माको छोरा वर्ष २७ को रोशन विश्वकर्मालाई चेकजाँच गर्ने क्रममा ज.९ प. ६३९८ नं. को डिस्कभर मो.सा. सहित पक्राउ गरेको हो ।




मो.सा. चालक र पछाडी सवारको विचमा रहेको निलो रंगको झोला भित्र लुकाई छिपाई राखेको ५ किलोग्राम गाँजा सहित निजहरुलाई पक्राउ गरी लागु औषध मुद्दामा म्याद थप गराई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रवक्ता खनालले जनाएका छन ।



सम्बन्धित
Loading...