पृथ्वीचन्द्र अस्पतालले शुरु गर्यो एम्बुलेन्स र भिडियो एक्सरे सेवा


परासी । पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारमा रहेको जिल्ला अस्पताल पृथ्वी चन्द्र अस्पतालमा अस्पताल आफैले एम्बुलेन्स सेवा शुरु गरेको छ ।
त्यसैगरी भिडियो एक्सेर सेवा पनि शुरु गरेको अस्पतालले जनाएको छ । एम्बुलेन्स सेवा र एक्सरे सवाको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरेर शुरु गरेका हुन् ।





उद्घाटन कार्यक्रममा बरालले स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरु सामाधान गरि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
पश्चिम नवलपरासीको जिल्ला पृथ्वीचन्द्र अस्पतालमा एम्बुलेन्स र नयाँ उपकरण सेवा शुरु गरेसँग सेवाग्राहीहरुले राहत महशुस गरेका छन् ।
अस्पतालसँग जोडिएर विभिन्न संघसंस्थाहरुले परासीमा एम्बुलेन्स सञ्चालन गरेको भए पनि अस्पताल आफैले भने गरेको थिएन । विरामीहरु अस्पताल ल्याउन अस्पतालको आफनै एम्बुलेन्स संचालनमा आएको छ र अस्पतालमा भिडियो र डिजिटल एक्सरे सेवा समेत सुचारु भएको अस्पतालका अध्यक्ष शिव शंकर रायले जानकारी दिए ।




सम्बन्धित
Loading...