नक्कली नोटसहित चितवनका न्यौपाने प्रक्राउ


साउन ८ -एक हजारको नक्कली नोटसहित चितवनका एक जना पुरुष बारामा प्रक्राउ परेका छन् । प्रक्राउ पर्नेमा राप्ती नगरपालिका–८ बीरेन्द्रनगर बस्ने ३७ वर्षीय पर्शुराम न्यौपाने रहेका छन् ।



मंगलबार राती आदर्शको तवाल गाउँपालिका ५ रुपौलियामा रहेको एक मदिरा पसलमा बियर किन्ने क्रममा एक हजारको नक्कली नोट दिएपछि पसल संचालक मोहन सहनीले प्रहरीलाई खबर गरेका थिए ।




प्रहरीले न्यौपानेलाई सोही ठाँउबाट प्रक्राउ गरेको हो । न्यौपानेबाट प्रहरीले एक हजार दरका ४ थान नक्कली रुपैयाँ समेत बरामद गरेको छ । प्रक्राउ परेका न्यौपानेमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...