नवलपरासीको गैडाकोटमा कानबाटै गहना लुटपाट
शोभा जिसी
नवलपरासी, १० साउन ।
पूर्वी नवलपरासीको गैडाकोट ८ बेलटाँडी निवासी ६८ बर्षीया महिला खगी गिरीलाई लुटपाट गरेको छ ।
दुई जनाको समूहमा आएका छालाको झोला बोकेको रातोकालो टिसर्ट लगाएको अग्लो अग्लो व्यक्तिले गिरीले लगाएको कानको रिङ, घाँटीको सिक्री र औठी लुटेर लगेका गैडाकोट प्रहरीले जनाएको छ । गिरी बेहोस रहेको र उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।
लुटेराको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।