आज र भोली यी जिल्लाहरुमा आकस्मिक बाढीको सम्भावना , सतर्क रहौँ

212








साउन १० आज देशका प्रमुख तथा मझौला नदीहरुमा पानीका पानी स्थितर रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कन्काई, कमला लगायतमा भने बहाव बढ्दो क्रममा रहेको तर सबै नदीहरुमा बहाव सतर्कता तह भन्दा तलै रहेको जनाएको छ । आज कोशी , नारायणी , कर्णा नदी तथा यसका सहायक नदीहरुमा बहाव सामान्य बढ्दो क्रममा हुने , महाकाली र यसका शाखा नदीमा बहाव उल्लेख्य बढ्ने तर सतर्कता तह भन्दा तलै हुने पूर्वानुमान छ । कन्काई, कमला , बाग्मती , पश्चिम राप्ती , बबई लगायतका नदीहरुमा बहाव बढ्दो क्रममा हुने तर सतर्कता तह भन्दा तलै हुने पूर्वानुमान छ । आज इलाम , झापा , मोरङ , धनुकटा , दोलखा , रामेछाप सिन्धुली , स्याङजा , कास्की ,लमजुङ , गोरखा , कैलाली , कन्चनपुर , दाङ , सुर्खेत , डडेलधुरा लगायत आसपास जिल्लाका चुरे र पहाडबाट बग्ने केही साना नदीहरुमा आकस्मिक बाढीको सम्भावना रहेको महाशाखाले एक सूचना जारी गर्दै जनाएको छ ।




साउन ११ शनिबार :-  भोली कोश, कन्काई, कमला , बाग्मती , नारायणी , पश्चिम राप्ती , बबई लगायतमा बहाव सामान्य बढ्दो क्रमा रहने कर्णाली र महाकाली नदीमा बहाव उल्लेखय बढ्ने तर सबैमा बहाव सतर्कता तह भन्दा तल हुने बताईएको छ । भोली इलाम , झापा , मोरङ , सिन्धुपाल्चोक , मकवानपुर , धादिङ , काठमाडौँ उपत्यकता र आसपास गुल्मी , अर्घाखाँची , पाल्पा , गोरखा , लमजुङ , कास्की , रुकुम , रोल्पा , दाङ , सुर्खे्त , कैलाी ,कन्चनपुर लगायत जिल्लाको मध्यपहाडी भूभाग भई बहने केही खहरे खोलाहरुमा तुलनात्मक रुपमा बहाव बढ्ने तथा केहीमा आकस्मिक बाढीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साउन १२ आईतबार :-  पर्सी पनि कोशी , कन्काई, कमला , बाग्मती , नारायणी , पश्चिम राप्ती , बबई , कर्णाली लगायतमा बहाव सामान्य घटबढ हुने , महाकाली नदीमा बहाव तुलनात्मकरुपमा बढ्ने तर सबैमा बहाव सतर्कता तह भन्दा तल हुने अनुमान छ । प्रदेश १ , २ , ३ , गण्डकी , ५ , कर्णाली र सुदुरपश्चिमका मध्य पहाडी भूभागबाट बहने केही साना खहरेखोलाहरुमा आकस्मिक बाढीको सम्भावना समेत रहेको जनाएको छ ।

 



You might also like
Loading...