गैडाकोट १६ का वडा अध्यक्ष ज्ञवालीले सम्पुर्ण पारिश्रमिक समाज सेवामा खर्चिए


गैडाकोट नगरपालिकाका वडा नम्बर १६ का वडा अध्यक्ष गोवर्धन ज्ञवालीले पाएको सम्पुर्ण पारिश्रमिक रकम समाज सेवामा खर्चिएका छन् । उनले आफ्नी छोरी स्वर्गिय बिसमिताको नाममा विद्यालय, स्वास्थ्य केन्द्र तथा मन्दिरमा सहयोग गरेका छन् ।



उनले गैडाकोट नगरपालिका वडा नम्बर १७मा रहेको अमर ज्योती माध्यमिक विद्यालय, अमरापुरी प्राथमिक स्वास्थ्य चौकि र दुर्गा मन्दिरलाई एक लाख २० हजार रुपैयाँ सहयोग गरेका हुन् । ज्ञवालीले ४८ हजार बराबरको कम्प्युटर बिद्यालयमा, अमरापुरी प्राथमिक स्वास्थ्य चौकिमा बर्थिङ सेन्टर निर्माणको लागि ४० हजार, दुर्गा मन्दिरको ब्यबस्थापन तथा पंखा जडानको लागि २५ हजार सहयोग गरेका हुन् । नेपाल सरकारले तोकोको एक बर्षको सबै पारिश्रमिकबाट सहयोग गरेको  ज्ञवालीले बताए ।




आफ्नो वडाको विकासका लागि सधै तत्पर रहेको उनले बताए । त्यस क्षेत्रको विकासका लागि सहयोग गर्न सम्पुर्ण वडाबासीलाई समेत उनले आग्रह गरे । उनी गैडाकोटमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित एक मात्र वडा अध्यक्ष हुन् ।

अमर ज्योती माध्यमिक बिद्यालयले शुक्रबारनै छात्रवृति तथा नतिजा प्रकाशन कार्यक्रम गरेको छ । बिद्यालयले प्रथम त्रईमाषिक परिक्षाको नतिजा तथा छात्रवृति बितरण गरेको बिद्यालयका व्यबस्थापक ईश्वरी सापकोटाले जानकारी दिए । बिद्यालय कक्षा १ देखि १० दलित तथा कक्षा १ देखि ८ कक्षा सम्म जेहेनदार १ सय ३९ जना छात्र तथा छात्राहरुलाई छात्रवृति प्रदान गरिएको हो ।



सम्बन्धित
Loading...