१६ दिन अघि पर्वतमा वेपत्ता पौडेल मृत अवस्थामा नवलपरासीमा फेला


नवलपरासी, ११ साउन । १६ दिन अघि पर्वतमा वेपत्ता पौडेल मृत अवस्थामा नवलपरासीमा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पर्वतको मुडिकुवा गाउँपालिका ३ निवासी ४३ बर्षीय तुलसीराम पौडेलको शनिबार दिउँसो त्रिवेणीको पुलमा मृत अवस्थामा फेला परेका हुन् ।
उनको शरिरमा कुनै पनि कपडा नरहेको अवस्थामा विनयी त्रिवेणी ७ त्रिवेणीमा रहेको व्यारेज पुलको ढोकामा अड्किरहेको अवस्थामा फेला परेको हो ।
उनको शव आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ।



सम्बन्धित
Loading...