ट्रम्पले एप्पल कम्पनीलाई दिए कडा चेतावनी

291








अमेरिका र चीनबीचको व्यापार युद्ध सकिने अझै छाँटकाँट देखिएको छैन । एक अर्काको सामानमाथि चर्काे कर लादेर सुरु भएको व्यापार युद्ध दुबै देशले कहिले समाप्त पार्ने छनक दिन्छ भने कहिले झनै बढाउँने । यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै चर्चित अनि ठुलो टेक्नोलोजी कम्पनी एप्पललाई कडा चेतावनी दिएका छन् । उनले आफनो सामाग्री उत्पादनका लागि चीनबाट आवश्यक पार्ट ल्याउँने गरेको भन्दै एप्पल कम्पनीलाई कडा चेतावनी दिएका हुन् । उनले एप्पल कम्पनी म्याक प्रो के प्रोडक्ट्सलाई छुट चाहिएको हो भने चीन नभई अमेरिकामा नै आवश्यक पार्टहरु उत्पादन गर्न भनेका छन् ।

एक ट्वीट गर्दै उनले कम्पनीलाई कडा शब्दमा चेतावनी दिँदै भनेका छन् “एप्पल म्याक प्रो के पार्टस चीनमा बनाउँछन् भने त्यसलाई आयात शुल्कमा छुट दिईने छैन । यदि कम्पनीले अमेरिकामा नै पार्ट्स बनाउँछ भने उसलाई कुनै शुल्क लिईने छैन” । त्यसोत ट्रम्पले एप्पल कम्पनीलाई चेतावनी र सुझाव दिएको भने पहिलो पटक होईन । उनले यसअघि पनि एप्पललाई आफनो प्रोडक्टको प्रोडक्सनलाई चीनबाट अमेरिकामा नै ल्याउँन सुझाव दिईसकेका छन् ।




एप्पल कम्पनीले अमेरिका र चीनबीच व्यापार युद्ध चलिरहेको बेलामा नै उसले आफनो हालै लञ्च गरेको कम्प्युटरको उत्पादन चीनमा गर्ने योजना बनाईरहेको बेला ट्रम्पले यस्तो चेतावनी दिएका हुन् । एक रिपोर्टका अनुसार एप्पलले ताइवानको क्वान्टा कम्प्युटर इंकसंग ६ हजार डलरमा डेस्कटप कम्प्युटर निर्माण गर्ने सम्झौता गरेको छ । एप्पलले अहिले सम्म आईफोनको निर्माण चीनमा गर्दै आईरहेको छ । जसको पार्ट पुर्जा जोड्ने काम भने टेक्सासमा हुँदै आईरहेको छ । तर अब कम्पनी यसलाई पनि चीनमा नै गर्ने मनसायमा पुगेको छ । – एजेन्सीको सहयोगमा



You might also like
Loading...