डडेल्धुराको विकट क्षेत्र रुपाल जोडियो सदमुकामसंग

210








डिआर भट्ट
बगरकोट । डेल्धुराको भागेश्वर गाँउपालिका वडा.न १,२,४,५ जोड्ने खुल्लाखेत खोलामा मोटेरेवल पुल निर्माण हुँदा यस क्षेत्रका हजारौ जनता खुसी भएका छन् । बर्षाद सुरु भयो की सदरमुकाम जानका लागि यहाका जनतालाई समस्या सृजना हुने गथ्र्याे स्थानीय ब्यपारीलोकराज मालीले बताउनु भयो ।
२०७३ सालमा ठेक्का सम्झौता भई खुल्लाखेत खोलामा २०७५ चैत्र मसान्तमा मोटरेवल पुल निर्माण सम्पन्न भएको हो ।
थेगिन कन्ट्रक्सन प्रा.लि.धनगडी कैलालीले जिम्मा लिएको उक्त मोटरेवल पुल निर्माणका लागि राष्ट्र निर्माण सेवा, डडेल्धुराको सबकन्टेकमा निर्माण भएको हो पुल निर्माण हुँदा गाँउपालिका स्थानीयलाई गाँउपालिकादेखि डडेल्धुरा सदरमुकाम आवत—जावतमा सहज भएको र बर्षादका बेला पुलको समस्याले खुल्लाखेतमा यातायातका साधन र यात्रुहरु रोकीनु पर्ने समस्या नरहेको वडा.न २ का अध्यक्ष राजेन्द्र बोहराले बताए ।
पुल निर्माण हँुदा गाँउपालिकाको अधिक जनसंख्या रहेको रुपाल, सिराड, सतिगाउ, गुवाडी,आरकुडा,देखी दुरदराजका सर्वसाधारण, व्यापारी तथा यातायात ब्यबसायिहरुलाई समेत सहज भएको छ ।
पुल निर्माण नहुँदा खुल्लाखेत खोलासम्म मात्र सवारी साधन सुचारु थिए हाल डडेल्धुरा सदरमुकामदेखि रुपालका लागि दैनिक १ दर्जन बढी जिप, ट्रयाक्टर, मिनीट्रक, मोटरसाईकल सञ्चालनमा आएको रुपालका ब्यपारी योगेन्द्र जोराले बताए ।
काम बिशेष र स्वास्थ्य उपचारका लागि सदरमुकाम तथा गाँउपालिका बिहान साझ आवत—जावत गर्न सहज भएकोमा स्थानीयहरुले खुसी ब्यक्त गरेका छन । तत्कालिन रुपाल गा.बि.स प्राविधिकको सरकारी जागीरबाट राजिनामा दिई ठेक्का पट्टामा लागेर आफु सफल निर्माण व्यवसायी बनेको राष्ट्र निर्माण निर्माण सेवाका सञ्चालक नरेन्द्र बहादुर जोराले बताए ।



You might also like
Loading...