टिप्परको ठक्करबाट नवलपरासीमा एकजना गम्भीर घाइते


शोभा जिसी



नवलपरासी, १२ साउन ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको ओसी चोकमा ना ५ ख ३३४२ नम्बरको टिप्परको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन् ।



टिप्पर विपरित दिसाबाट आउँदै गरेको ना १२ प ८७०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक देवचुली १६ ओसी चोक निवासी ५० बर्षीय भोजबहादुर खजुरवार गम्भीर घाइते भएका हुन् । उनको दुवै खुट्टामा चोट लागेको छ । उनको मनका अस्पताल चितवनमा उपचार भईरहेको र ठक्कर दिने टिप्पर र टिप्पर चालक प्रहरी नियन्त्रणमा रहेको रजहर प्रहरीले जनाएको छ ।

 
 



सम्बन्धित
Loading...