दक्षिणी चीनको पहिरोमा कम्तिमा ३६ को मृत्यु


दक्षिणी चीनमा मङ्गलवार गएको एक पहिरोमा कम्तिमा ३६ जनाको मृत्यु भएको छ। सरकारी स्थानीय सञ्चारमाध्यमका अनुसार गुईझाउ प्रान्तमा २० भन्दा बढी घरहरू पुरिदाँ १५ जना अझै बेपत्ता छन्।



चिनियाँ अधिकारीहरूले सिन्ह्वा समाचार संस्थालाई बताए अनुसार सो पहिरोबाट ४० जनालाई उद्धार गरिएको छ।

यो घटना चीनका केही क्षेत्रमा अविरल वर्षा भइरहँदा भएको हो। विस्तृत विवरण स्पष्ट नभएपनि दुई बालबालिका र एक सन्तानसहितकी आमाको मृत्यु भएको खवर आएका छन्।




चिनियाँ टिभीमा देखिएको दृष्यहरूमा पुरिएको गाउँ खनिरहेका उद्धारकर्मीहरू देख्न सकिन्छ। एक स्थानीय विद्यालयलाई आपत्‍कालीन स्वास्थ्य तथा उद्धार केन्द्र बनाइएको छ।

सिन्ह्वाका अनुसार सरकारले ४४ लाख अमेरिकी डलर उद्धार र विस्थापितहरूको पुनर्स्थापनाको लागि छुट्टाएको छ। चीनका दुर्गम पहाडी क्षेत्रमा अविरल वर्षापछि पहिरो जाने घटनाहरू हुने गरेका छन्।



सम्बन्धित
Loading...