कावासोतीमा १०४ बर्षीय वृद्धद्वारा चार तलाबाट हाम फालेर आत्महत्या !


कावासोती, १३ साउन ।
पूर्वी नवलपरासीको कावासोतीमा एक जना एक सय ४ बर्षीय जेष्ठ नागरिकले सोमबार विहान घरको चारतला माथिबाट हाम फालेर आत्महत्या गरेको छ ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती ३ थकाली चोक निवासी १ सय ४ बर्षीय बोधिलाल रेग्मीले छिमेकी गोविन्द क्षेत्रको घरको चारतलामाथिबाट हाम फालेर आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार विहान क्षेत्रीको घरको छतमा रहेको मन्दिरको दर्शन गरी सोही छतबाट हामफालेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...