नवलपरासीमा जुवाको खालबाट १० जना पक्राउ
नवलपरासी, १३ साउन ।
नवलपरासीको गैडाकोट नगरपालिकाबाट प्रहरीले तासखेलीरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको छ ।

गैडाकोटका चुडामणी जैसको घरबाट नगद ८० हजार पाँच सय ३५ रुपैया नगद सहित १० जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकालाई कारवाहीको तयारी भईरहेको गैडाकोट प्रहरीले जनाएको छ ।