रोल्पामा जंगली च्याउ खाँदा एकै घरका तीनको मृत्यु


रोल्पामा जंगली च्याउ खाँदा एकै घरका तीनजनाको मृत्यु भएको छ। जिल्लाको लुङग्री गाउँपालिका-६ पाटेगुम्चाल बस्ने २५ वर्षीया फुर्मली बुढाथोकी,उनकी छोरी ७ वर्षीया सुनिता र तीन वर्षीय छोरा पुस्कर बुढाथोकीको च्याउ खाएर मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरुले गत साउन ८ गते बिषादी च्याउ खाएर गम्भीर विरामी भएका थिए।




त्यसपछि उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको थियो। त्यहाँ उपचारका क्रममा छोरा पुष्करको साउन ११ गते, छोरी सुनिताको हिजो र आमा फुर्मलीको आज बिहान मृत्यु भएको प्रदेश नम्वर ५ प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

 







सम्बन्धित
Loading...