बर्दघाटको संकल्प सहकारीको अन्तरक्रिया

263








बर्दघाट । संकल्प बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडको आयोजनामा आज सहकारी सस्था बीच सहकार्य र एकीकरण सम्बन्ध अन्तरक्रिया कार्यक्रम भएको छ ।
अन्तरक्रिया कार्यक्रममा बर्दघाटमा रहेका विभिन्न सहकारीका पधादिकारी र लेखा समितिका पधादिकारीको उपस्थित रहेको थियो ।
कार्यक्रममा संकल्प बहुउद्देश्यीय सहकारीका अध्यक्ष छबिलाल खरेल, टाइम बचत तथा ऋण सहकारीका अध्यक्ष रुद्र प्रकाश उपाध्याय, सुपर बचत तथा ऋण सहकारीका अध्यक्ष बिष्णुबहादुर बस्नेत, नवलपरासी सूचना तथा संचार सहकारीका अध्यक्ष भोजराज ढकाल, सूर्यगङा बचत तथा ऋण सहकारीका अध्यक्ष जनकबहादुर रावल लगायतले आआफ्नो सस्थाको वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए ।्
त्यसैगरी कार्यक्रममा उपस्तिथि विभिन्न सहकारीका पदाधिकारी तथा लेखा समितिका पदाधिकारीले राज्यको पछिल्लो नीति अनुसार उद्देश्य र कार्यक्षेत्र मिल्ने सहकारीबीच एकीकरण अनिवार्य रहेकोमा जोड दिएका थिए ।
एकीकरण गर्दा पद, नाम र राजनिती हेर्न नहुने बताउदै कसरी सेयर सदस्य बढी सुबिधा हुन्छ त्यसतर्फ केन्द्रित हुनु पर्ने बताएका थिए ।
सहभागीहरुले यस्ता किसिमका छलफल आगामी दिनमा पनि निरंतरता दिनु पर्ने र मिल्ने सहकारीहरु एकीकरणलाई ढिलाइ गर्न नहुनेमा जोड दिएका थिए ।
कार्यक्रम संकल्प बहुउद्देश्यीय सहकारीका अध्यक्ष छबिलाल खरेलको अध्यक्षता सचिव नारायण भण्डारीको संचालन र लेखासमिती सदस्य रबिलाल पाण्डेको स्वागतमा भएको थियो ।



You might also like
Loading...