नवलपरासीमा छिमेकीको हत्या गरी फरार पक्राउ
नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले कुटपिट गरी ज्यान मारी फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।

नवलपरासीको साविक मनहरी गाविस ५ हाल सरावल गाउँपालिका २ का ५५ बर्षीय रामलाल चमारलाई कुटपिट गरी हत्या गरी फरार रहेका मनहरीका ५२ बर्षीय नाथु चमारलाई पक्राउ गरेको हो ।
उनलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरी रहेको प्रहरीले जनाएको छ ।