कावासोतीमा पाँच दिने अर्गानिक कृषि तालिम

290








कावासोती । नवलपुरको कावासोतीमा पाँच दिने आर्गानिक कृषि तालिम सुरु भएको छ ।
कुमारी निजि शैक्षिक गुठी हँसौरा र सिर्जनशिल अर्गानिक कृषि महिला समुह कावासोती ३ को संयुक्त आयोजनामा मंगलबार देखि तालिम सञ्चालन गरिएको हो ।


तालिमको मंगलबार एक औपचारीक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । कार्यक्रममा सिर्जनशिल अर्गानिक कृषि महिला समुहका अध्यक्ष गँगा चुहान मगरको अध्यक्षता तथा कुमारी निजि शैक्षिक गुठीका अध्यक्ष नर बहादुर ठाडा मगरको प्रमुख आतिथ्यता रहेको थियो ।
यस्तैगरी कार्यक्रममा कुमारी निजी शैक्षिक गुठीका योजना तथा लेखा प्रमुख दिपकलाल श्रेष्ठ , कृषि बिज्ञ मित्रलाल श्रेष्ठ लगायतको विशेष आतिथ्यता रहेको थियो ।
आगामी साउन १८ गते सम्म सञ्चालनमा रहने तालिममा वन्दा , गोलभेडा लगायतका तरकारीहरुको अर्गानिक खेती तथा उत्पादनका बारेमा प्रयोगात्मकरुपमा नै प्रशिक्षण गराईने प्रशिक्षक मित्रलाल श्रेष्ठले बताए । तालिममा ३० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको छ ।






You might also like
Loading...