नवलपरासीको सवारी दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु


कावासोती । पुर्वी नवलपरासीको डण्डामा सवारी दुर्घटना हुदा १ को मृत्यु भएको छ ।
बुधबार दिउँसो कावासोती १६ डण्डामा दुई मोटरसाइकल मोटरसाईकल एक आपसमा जुध्दा मोटरसाईकल पल्टन गई ट्रकले किचेर मोटरसाईकल चालकको मृत्यु भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।



पूर्वीबाट पश्चिमतर्फ जादै गरेको ना ४ प २७ नम्वरको मोटरसाईकल र पश्चिमबाट पुर्वतर्फ जादै गरेको ना २७ प ३६०० नम्वरको मोटरसाईकल एक आपसमा ठक्कर खादा ना २७ प ३६०० नम्वरको मोटरसाईकल चालक कावासोती नगरपालिका वडा नं। १५ गोडार निवासी अन्दाजी ६०–६५का रामप्रसाद अधिकारीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुई वटा मोटरसाइकल एक आपसमा ठक्कर खाएपछि सडकमा पल्टन पुगेका अधिकारीलाई पश्चिमबाट पुर्वतर्फ आउदै गरेको ना ६ ख ३४०१ नम्वरको ट्रकले किचेर उनको मृत्यु हुन पुगेको प्रहरीले जनाएको छ।



सम्बन्धित
Loading...