ओसामा बिन लादेनका छोराको मृत्यु


अल–कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनकोे को मृत्यु भएको अमेरिकी गुप्तचर अधिकारीहरूले दाबी गरेका छन्।



अज्ञात स्रोतहरूलाई उद्धृत गरिएका समाचारमा उनको मृत्युको मिति र स्थानबारे विस्तृत विवरण अस्पष्ट छ। गत फेबु्रअरी महिनामा अमेरिकी सरकारले उनी बसेको ठाउँबारे जानकारी दिनेलाई १० लाख डलर पुरस्कार दिने घोषणा गरेको थियो। साउदी अरेबियाले गत मार्चमा उनको नागरिकता खोसेको थियो।




करिब ३० वर्षको भएका ठानिएका हम्जा बिन लादेन अमेरिका र अन्य देशहरूमा आक्रमण गर्न आग्रह गर्दै भिडिओ र अडिओ रिपोर्ट सार्वजनिक गरेका थिए।

हम्जाको मृत्युबारे प्रश्न गर्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टिप्पणी गर्न अस्वीकार गरेका थिए। ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि यसबारे टिप्पणी गर्न अस्वीकार गरेका छन्।

हम्जा बिन लादेनले आफ्ना पिताको अमेरिकाद्वारा गरिएको हत्याको बदला लिन जिहादीहरूलाई आग्रह गरेका थिए। ओसामा बिन लादेन अमेरिकी विशेष फौजद्वारा सन् २०११ मा पाकिस्तानमा मारिएका थिए।



सम्बन्धित
Loading...