चार्जमा राखेको मोवाइलमा गेम खेल्दा किशोरको मृत्यु
विराटनगर । चार्जमा राखेको मोवाइल खेल्दा एकजनको मृत्यु भएको छ । मोरङको लेटाङ नगरपालिका– ३ त्रिशुली चोकका १५ वर्षिय सौजन राईको मृत्यु भएको हो ।

मोवाइल चार्जमा राखेर गेम खेलिरहेको अवस्थामा बुधबार मध्यरातमा उनलाई करेन्ट लागेको थियो । चार्जमा राखेको मोबाइलबाट करेन्ट लाग्दा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङकाका डीएसपी राजकुमार खिइजुले जानकारी दिए ।
प्रहरीका अनुसार करेन्ट लागेर छटपटाएपछि सुरजले बुवा, आमालाई बोलाएर बिजुली बन्द गरेका थिए ।