टेण्डर प्रक्रियामा घोटाला गरेको भन्दै नवलपरासीको सामु्दायिक वनमा तालाबन्दी


रामकुमार श्रेष्ठ
नवलपरासी । नवलपरासीको डण्डामा रहेको मध्यविन्दु हरियाली सामुदायिक वनले काठ विक्रीको टेण्डर प्रक्रियामा घोटाला गरेको भन्दै स्थानीयले सामुदायिक वनको कार्यालयमा तालाबन्दी गरेका छन् ।




विहीबार टेण्डर खोल्ने दिन एउटाको मात्र टेण्डर पर्नु काठमाडौंको स्थानीय पत्रिकामा टेण्डर प्रकाशित गरी स्थानीयलाई जानकारी नदिएको कारण घोटला भएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।
विहीबार दिनभर जसो स्थानीयले घेराउ गरेपछि विहीबार स्वीकृत गर्नु पर्ने टेण्डर स्वीकृत हुन सकेन । तत्कालका लागि उक्त टेण्डर बदर गरी सबैलाई थाहा हुने गरी नयाँ टेण्डर सूचना निकाल्नु पर्ने माग गर्दै स्थानीयले विहीबार साँझ सात बजेतिर कार्यालयमा तालाबन्दी गरिदिएको स्थानीय तेजबहादुर केसीले बताए ।



सम्बन्धित
Loading...