१० बर्षिय बालिकालाई बलत्कारको प्रयास गर्ने पक्राउ

196








राम अवतार चौधरी

कपिलवस्तु, १८ श्रावण ।




कपिलवस्तुको चन्द्रौटामा बालिकालाई जबरजस्ती बलत्कारको प्रयास गर्ने एक जना पक्राउ परेका छन् । चन्द्रौटाकी एक १० बर्षिय बालिकालाई ललाईफकाई बलत्कारको प्रयास गर्ने शिवराज नगरपालिका वडा नं ५ चन्द्रौटाका १५ बर्षिय बालक नाम परिबर्तित बिरमान प्रकाउ परेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख मोतीलाल योञ्जनले जानकारी दिए ।


विहिवार अपराहन्न करिब ४ बजेतिर चन्द्रौटा स्थीत फफुरी स्कुलको पछाडी रहेको झाडीमा बालिकालाई जवरजस्ती लगी बलत्कारको प्रयास गरेपछी ति वालिका त्यहाँबाट भाग्न सफल भएकी थिइन् । बालिकाले आफनो परिवारमा घाटनाबारे जानकारी दिएपछी नाम परिबर्तीत बिरमानलाइ पक्राउ गरिएको वडा प्रहरी कार्यालयमा चन्द्रौटाले जानकारी दिएको छ ।

बलत्कारको प्रयास गर्नेलाई जिल्ला अदालत कपिलवस्तुबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया जारी राखेको प्रहरीले जनाएको छ ।



You might also like
Loading...