कावासोतीको गणेश मन्दिरमा गुरुकुलको अन्तरक्रिया

213








कावासोती। वर्तमानमा संस्कृत शिक्षा र गुरुकुल पाठशालाको महत्व दर्शाउन कावासोती ६ स्थित श्री गणेश मन्दिर शर्वेश्वर शिवालयमा बैदिक शिक्षा आजको आवश्यकता विषयक अन्तरक्रिया भएको छ ।
पूर्विय दर्शन र संस्कृतिका अन्वेषक प्राध्यापक डा. धनपति कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले बैद्धिक धर्म सस्कृति र गुरुकुल शिक्षाका विषयमा बहस गरेका थिए ।


कार्यक्रममा बैद्धिक गुरुकुल पाठशाला संचालनका विषयमा सहभागिहरुले चर्चा गर्दै शिवालय, वाचानालय, मठ मन्दिर र हरियाली बटबृक्षले सुशोभित सर्वेश्वर शिवालयको बृहद परिसर उपयुक्त रहेको ठहर गरिएको थियो ।
यस क्षेत्रका जेष्ठ धर्मानुरागी तथा सामाजिक अभियन्ताहरुले विगतमा संस्कृत पाठशाला निर्माण गर्ने उदेश्यले यस भूमीमा धन धान्याचल महायज्ञ गरी न्यूनतम पूर्वाधारको जग बसालेको सहभागी जानकारहरुले बताए ।
कावासोती नगरपालिका भित्र एउटा पनि संस्कृत शिक्षालय नभएको वर्तमान अवस्थामा गुरुकुल पाठशाला स्थापनाले पूर्विय दर्शन, ज्योतिष, बेद उपनिषद तथा कर्मकाण्ड लगायतका विषयमा शिक्षार्थीहरुले अध्ययन गर्न सक्ने कार्यक्रममा छलफल गरिएको थियो ।
स्थानीय समाजसेवी, विभिन्न संघसस्थाका प्रतिनिधि, आमा समूहको ब्यापक उपस्थिति रहेको सो कार्यक्रममा छत्रराज बगाले, होमलाल सुबेदी,श्रीखण्ड काफ्ले,लोकनाथ खरेल, भूपेन्द्र गण्डर्षी, झपेन्द्र काफ्ले,लोकनाथ लामिछाने, योग प्रसाद रिजाल, नारायणी भट्टराई, तीर्थ भण्डारी, चुडामणी भटटराई लगायतले धारणा राखेका थिए।
कार्यक्रमका संयोजक गुणाखर काफ्लेको सभापतित्व एवं श्री गणेश मन्दिर सर्वेश्वर शिवालयका सचिव सरस्वती सापकोटाको संचालनमा अत्रक्रिया सम्पन्न भएको थियो ।






You might also like
Loading...