नवलपरासीमा लागुऔषध सहित ३ जना पक्राउ
रामकुमार श्रेष्ठ
नवलपरासी । नवलपुर प्रहरीले लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ । नवलपुरको देवचुली नगरपालिका १६ फारमबाट २ जना र कावासोती १६ तिनघरे चोकबाट १ जना गरी ३ जनालाई लागुऔषध सहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार देवचुली १६ फारम चोकमा सवारी साधन चेकजाँच गर्ने क्रममा लु अ अ ४२५३ नम्बरको टाटा सुमोबाट चालक रुपन्देहीको ओमरतिया गाउँपालिका ४ बैतौलिया बस्ने ३४ बर्षीय चुनमुन मल्लाहा र कास्कीको पोखरा महानगरपालिका २१ ब्स्ने ४० बर्षका जितने केसी कार्कीलाई लागु औषध सहित पक्राउ गरिएको हो ।

उनीहरुले टाटा सुमोको सिट मुटी जिन्स पाइन्टमा लुकाई ल्याएको अवस्थामा नुफिन ६० थान, फेनारागन ६० थान र डाइजेपाम सेरिजेक ६० एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी कावासोती नगरपालिका १६ तिनघरे चोकमा बसलाई चेकजाँच गर्ने क्रममा गोरखा जिल्लाको शहिद लखन गाउँपालिका वडा नं. ३ मनकामनाका २३ बर्षीय विशाल थापालाई लागु औषध सहित पक्राउ गरेको छ ।
प्रहरीले उनलाई २ मिलीग्रामको झोलसहितको डाइजापाम २ सय एम्पुल, फेनरागन २ सय एम्पुल र नुफिन २ सय एम्पुल सहित नियन्त्रणमा लिएको जनाएको छ ।