अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य जिसी घोराहीबाट पक्राउ


दाङ, साउन २० । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हेमन्त जिसी पक्राउ परेका छन् ।



घोराहीको ट्राफिक चोकवाट शनिवार बेलुका जिसीलाई पक्राउ गरिएको एकजना प्रहरी अधिकारीले जानकारी दिए । लमहीवाट घोराही आउने क्रममा जिसीलाई पक्राउ गरेको ती प्रहरी अधिकारीले जानकारी दिए ।
पक्राउ परेका जिसीवारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।



सम्बन्धित
Loading...