डडेल्धुराको भागेश्वर गाँउपालिकामा अझैँ पनि खलोप्रथा कायम


दिपकराज भट्ट
डडेल्धुराको भागेश्वर गाँउपालिकाका धेरै गाउँमा अझैँ पनि खलोप्रथा कायम रहेको छ । दलित समुदायले फलामका भाँडाकुँडा बनाए बापत र लुगा सिलाए बापत खलो पाउने गरेका छन् ।
खलो भन्नाले खाद्यान्न सामग्रि दिने चलन भन्ने बुझिन्छ । खेतीपातीका लागि प्रयोग हुने तथा अन्य कामका लागि पनि प्रयोग हुने फलामका भाँडाकँडा मर्मत गरेवाफत उनीहरुले खलो पाउने गर्दछन् ।



तस्वीरः डिआर भट्ट

डडेल्धुराको भागेश्वर गाँउपालिका लगायतका जिल्लाका अन्य क्षेत्रमा समेत खलो प्रथा कायमै रहेको छ ।
आफुहरुले काम गरेवापत पैसा नपाई यसरी खलोमा मात्र सीमित हुनु परिरहेको सुरज दमाईको गुनासो रहेको छ ।
खलो लिने दिने पनि कुनै मापदण्ड नहुँदा जति दिए पनि त्यसैमा चित्त बुझाउनुपर्ने बाध्यता रहेको छ । दलित समुदायको श्रम शोषण भइरहेको भागेश्वर गँउपालिका ४ डुगरिका मदन दमाईले बताएका छन् ।



सम्बन्धित
Loading...