कांग्रेसको केन्द्रीय कार्य समिति बैठक सर्‍यो


काठमाडौं :  नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आइतबारसम्मका लागि सरेको छ।  असार २२ गतेदेखि जारी बैठकमा विभिन्न १४ बुँदामा छलफल शुरु भए पनि साउन २२ का लागि बोलाइएको बैठक विभिन्न कारण देखाउँदै साउन २६ गतेसम्मका लागि सारिएको हो।



पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक साउन २६ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको जानकारी दिए। कांग्रेस केन्द्रीय कार्यालयले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरेको छ।



सम्बन्धित
Loading...