आदिवासी जनजाति दिवसको अवसरमा बुटवलमा रक्तदान


बुटवल, २२ साउन ।




२५ औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा नेफिन रुपन्देहीले आज बुधबार बुटवलमा रक्तदान कार्यक्रमको गरेको छ।




रक्तदानबाट १ सय युनिट रगत संकलन गरिएको रक्तदान कार्यक्रमका संयोजक इन्द्र राइले जानकारी दिए । रक्तदान कार्यक्रमको प्रदेश नं ५ सभा सदस्य पुष्पा थरुनीले उद्घाटन गरेकी थिइन् । सो अवसरमा उनले रक्तदानप्रति सकारात्मक धारणाको विकास गर्दै यसप्रति सबैलाई जिम्मेवारी बोध गराउनुपर्ने बताईन ।

बुटवल स्थित रक्तसञ्चार केन्द्रमा भएको रक्तदान कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् रुपन्देहीका अध्यक्ष शंकर गाहा, बरिष्ठ उपाध्यक्ष वीर बहादुर तामाङ, सचिव चित्रलाल तुलाचन, नेपाल मगर संघ बुटवल उपमहानगर अध्यक्ष थर्क बहादुर बारघरे, नेपाल छन्त्याल संघका जिल्ला अध्यक्ष भरत छन्त्याल, नेवापुचः बुटवलका निवर्तमान अध्यक्ष अरुणलाल क्षेष्ठ लगायतले रक्तदान गरेका थिए ।




सम्बन्धित
Loading...