डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा कुमारी बैंकका क्रेडिट मेनेजर तथा रेडियो अमरगढीका लेखापालको मृत्यु


दिपकराज भट्ट (डिआर भट्ट)
डडेल्धुरा,— डडेल्धुरा सदरमुकाममा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। अमरगढी नगरपालिका–५, खलंगा खानेपानी ट्ङ्याकी नजिकै बुधबार साँझ से २ त १०४५ नम्बरको ट्याक्टर पल्टिएको हो।




दुर्घटनामा भागेश्वर गाउँपालिका–४, रतनी घर भई हाल डडेल्धुरा सदरमुकाममा बस्ने अन्दाजी २८ वर्षीय सुरेश विष्ट (समीर) रहेको प्रहरीले जनाएको छ । ट्याक्टर सडकभन्दा करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक ददिराम न्यौपानेले जानकारी दिए ।
उनको डडेल्धुरामा उपचार हुन नसकेपछि जिल्ला बाहिर रेफर गरिएको थियो। उपचारका लागि बाहिर लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए ।
विष्ट कुमारी बैंक डडेल्धुराका क्रेडिट मेनेजर तथा रेडियो अमरगढी ९७.४ मेगाहर्ज डडेल्धुराका ‘एकाउन्टेन्ट’ समेत हुन् । दुर्घटनाको कारण खुल्नु नसकेको प्रहरि कार्यालयले जानकारि दिएको छ ।



सम्बन्धित
Loading...