साहित्य क्षेत्रको बजेट पनि अनेत्र खर्च गरेकोप्रति साहित्यकारको असन्तुष्टि


परासी । केन्द्र सरकारले साहित्यिक कार्यक्रमका लागि स्थानीय तहहरुमा पठाएको ठूलो रकम स्थानीय तहहरुले मनोमानी ढंगले खर्च गरेको भन्दै श्रष्टाहरुले विरोध गरेका छन ।




वर्दघाट नगरपालिका भित्रका श्रष्टाहरुको संगठन वर्दघाट साहित्य समाजको आयोजनामा बर्दघाटमा भएको एक साहित्यिक कार्यक्रममा बोल्दै श्रष्टाहरुले स्थानीय तहहरुले कला, संस्कृति र साहित्यको बजेट विभिन्न बहानामा अन्यत्र जथाभावी खर्च गरेको अन्तक्रिया कार्याक्रममा बोल्ने बक्ताहरुले बताएका छन ।
वर्तमान शिक्षा र साहित्य विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै यस क्षेत्रका कलाकर्र्मीहरुले स्थानीय सरकारहरुले कला, संस्कृति र साहित्यका लागि भनेर आएको रकम स्थानीय नेताका केही आफन्तलाई साहित्यका नाममा वा अन्यत्र खर्च गरेको पाईएको यस त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक डाक्टर मुकुन्द शर्माले बताए ।
वर्दघाट नगारपालिका भित्र रहेका करिब दुई दर्जन विद्यालयहरुबाट आएका कलाकर्मीहरुको बीचमा भएको अन्र्तरक्रिया एवं रचना बाचन भएको थियो । रचना वाचन कार्यक्रममा श्रष्टाहरुले कविता, गजल, मुक्तक लगायतका रचनाहरुको बाचन गरिएको वर्दघाट साहित्य समाजका सचिव प्रकाश न्यौपानेले बताए ।



सम्बन्धित
Loading...