डडेल्धुरामा सवारी दुर्घटनामा एक बर्षमा ३५ जनाको मृत्यु
दिपकराज भट्ट (डिआर भट्ट) – सवारी दुर्घटनामा परि गत आर्थिक बर्षमा डडेल्धुरामा ३५ जनाको मृत्यु भएको छ । भने १२९ जना अङ्गभङ्घ भएकाछन ।
डडेल्धुरामा १६ ओटा सवारी दुर्घटनामा परि २७ पुरुष र ८ महिलाको ज्यान नै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले डडेल्धुराले जनाएको छ ।

आथिक बर्ष २०७५/७६ मा भएका सवारी दुर्घटनामा परि ३३ जना गम्भिर प्रकृतिले घाइते छन भने ९६ जना सामान्य घाइते भएका थिए । दुर्घटनाममा परि जम्मा १६४ जना पिडित भएकाछन ।
मापदण्ड विपरितका ग्रामिण सडक, तिव्र वेगमा गाडी हुकाउनु, गाडी चालक तथा यात्रुहरुले संयमता नअपनाउनु तथा ट्राफिक प्रहरीको लापरवाहीले सवारी दुर्घना भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले डडेल्धुराका प्रमुख प्रहरी नायव निरिक्षक देव बहादुर खत्रीले जानकारी दिए । उद्यपि सवारी दुर्घटना हुने क्रम भने घटेको उनले जिकिर गरे ।