एक बर्षमा २४ लाख ४२ हजार राजश्व संकलन
दीपक भट्ट (डिआर भट्ट)
डडेल्धुरा । जिल्ला ट्राफिक कार्यालय डडेल्धुराले गत आर्थिक बर्ष भरिमा २४ लाख ४२ हजार राजश्व संकलन गरेको छ । ट्राफिक नियम पालना नगर्ने ३९२१ सवारी साधन कारवाहिमा सो रकम संकलन भएको ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका प्रमुख ‘प्रनानि’ देव बहादुर खत्रीले जानकारी दिए ।

गत आथिक बर्षमा ७० यात्रुवहाक बस कारवाहि हुँदा १लाख ६९ हजार, ११ सय ९२ ट्रक कारवाहिमा ७ लाख ९२ हजार ५ सय, ३ सय ७८ ट्याक्टर कारवाहिमा २ लाख २२ हजार, ४ सय ३३ मोटर साइकल कारवाहिमा २ लाख ८३ हजार ५ सय र १६ सय ४९ जिप, कार तथा अन्य सवारी साधन कारवाहिमा ९ लाख ७८ हजार राजश्व संकलन भएको छ ।
क्षमता भन्दा बढी सवारी, मालसमान ढुवानी गर्ने, ट्राफिक नियम उलङ्घन गर्ने सवारी साधनलाइ कारवाहि गरेको उनले बताएका छन ।