तीन बर्ष अगाडि निर्माण कार्य सुरु गरिएको शिव मन्दिर अझै अलपत्र


बिमल प्रसाद पोख्रेल
प्युठान । प्युठान नगरपालिका ९ गुरिगाउ फुलबारीमा बिगत तीन बर्ष अगाडि निर्माण कार्य सुरु गरिएको शिव मन्दिर अझै बनेको छैन।





आर्थिक बर्ष २०७३/७४ मा तत्कालीन पर्यटन मन्त्रालय मार्फत जिल्ला बिकास समिति र जिल्ला प्राबिधिक कार्यलय प्युठानको आयोजनामा एक लाख ९६ हजार रुपैयाँ प्युठान नगरपालिकाबाट ९६ हजार रुपैयाँ गरी दुइ लाख ९२ हजार रुपैयाँ लागतमा निर्माण कार्य थालनी गरेको शिव मन्दिरका अध्यक्ष काली बहादुर केसीले बताए।
उक्त रकमले फिल्ड सम्माउन वाल लगाउन र पिलर उठाई मन्दिर निर्माणको आधा कार्यमै ठिक्क भयो त्यस पछि नगरपालिका समक्ष माग गरेपनि कुनै चासो जनप्रतिनिधिले नदिएको केसीले बताए।
तीन बर्ष अगाडि बनाएको आधा मन्दिरको छत छैन झ्याल ढोकाका चौेकोस पनि कुहिन थाले शिव मन्दिर बन्ला र पुजा पाठ भजनकिर्तन गरौला भन्ने सोच अधुरै रह्यो स्थानीय बृद् बृद्धाहरुको गुनासो छ। नगर उपप्रमुख शान्ता आचार्यले एक कार्यक्रमको अबसर पारी गत बर्ष स्थलगत निरीक्षण गरि उक्त मन्दिर बनाउन आफूले पहल गर्ने आशा समुदाय सामु बताए पनि नबन्दा आशा हराएको बासिन्दा बताउछन।
हरियाली आपैआपको बगैँचा रहेको उक्त स्थानको सदुपयोग र संरक्षण गर्ने हो भने पर्यटकको मन लोभाउन सकिने स्थानीय दिपेन्द्र केसी बताउँछन्। यहाँ पिकनिक रिसोर्ट रक गार्डन् बनाउन सकिन्छ तर स्थानीय सरकारले सही ठाउँ पहिचान गर्न पछि परेको छ केसीले बताए।
स्थानीय ज्ञानेन्द्र पोख्रेलको श्रीमती काली पोख्रेलको नाममा रहेको २८ रोपनीमा फैलिएको आपैआपको फुलबारी स्थानीयबासीको सल्लाहामा पर्यटकीय विकास गर्नका लागि २०४५ सालमा सार्बजनिक गरिएको थियो। बाग्दुला मच्छि सडक खन्डको मध्यभागको सडक माथि र सडक मुनि रहेको बगैँचामा निर्मणधिन शिव मन्दिर हेर्न सयौ जान्छन तर हालत उस्तै छ सडक मुनि रहेको सामुदायक बनको भबन पनि सडक निरमार्ण गर्दा चट्टान पल्टिएर भत्किएको छ जनप्रतिनिधिले बनाउन चासो दिदैनन ।




सम्बन्धित
Loading...