नवलपरासीमा नारायणी नदीमा महिलाको शव फेला

कावासोती । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १ केउरानी स्थित नारायणी नदी किनारमा एक जनाको शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय रजहरका अनुसार अन्दाजी ४० बर्षकी महिलाको शव फेला परेको हो ।
महिलाको शव पोष्टपाटर्मका लागि जिल्ला अस्पताल चितवन पठाइएको छ ।

गोरो वर्णकी पहेलो कुर्ता, बाया हातमा मेहेन्दी लगाएको दुवै खुट्टामा पाउजु, कानमा टप लगाएको, बाया हातको औलामा औठी, हातखुट्टाको नङ पोलिस लगाएकी, कपाल कालो भएकी महिलाको अझै सनाखत नभएको प्रहरीले जनाएको छ ।