भुपेन्द्र गण्डर्षीः साहित्यकार कि पत्रकार ?


भुपेन्द्र शर्मा भट्टराई पत्रकार महासंघ नवलपरासीका संस्थापक अध्यक्ष हुन् । साहित्यका क्षेत्रमा भुपेन्द्र गण्डर्षी चिनिन रुचाउने गण्डर्षी लुम्बिनी कलेजका प्राध्यापक समेत हुन् । नवलपरासीमा साहित्य क्षेत्रमा कमल लगाउने अगुवा साहित्यकार मध्येका एक गण्डर्षीसँग श्रीषा शाहीले गर्नुभएको कुराकानीको सम्पादित अंश …..



साहित्यमा कहिलेबाट लाग्नु भयो ?

सर्वप्रथम २०३३ सालमा शिव माविमा अध्ययन गर्दै गर्दा पृथ्वी जयन्तिको दिन पृथ्वी नारायणको नाममा लेखिएको कविता लेखेर प्रथम भएपछि मलाई कविता लेख्न पर्छ भन्ने लाग्यो । साहित्यमा लाग्ने माहोल पनि बन्यो त्यसरी नै साहित्यप्रति आर्कषक भएको हुँ । २०४२ मा राष्ट्रिय पत्रिका गोरखा पत्र, मिर्रमिरे, रत्न श्रीमा मेरो कविताहरु प्रकाशन भयो । त्यसपछि ४४ सालमा कविता संग्रह पनि प्रकाशन गरेको हु“ु । यसरी मेरो साहित्य यात्रा शुरु शुरु भएको हो ।




नवलपरासीको पत्रकार महासंघको अध्यक्ष र अग्रणी साहित्यकार भनेर चिनिनुहुन्छ । यसको थालनी कसरी गर्नु भयो ?

परासीमा रहँदा परासी साहित्य समाज, गीतकार इन्द्र शाही डुव्रकोटीको अध्यक्षतामा साहित्य संघ गठन गरी साहित्यिक यात्रागत सस्थागत रुपमा हामी अगाडि बढेका थियौं । हामीले नवलपरासी जिल्लामा मासिक साहित्यिक घुम्ति श्रृङखला चलायौं जुन श्रृङखला ६० को दशकसम्म लनिरन्तर चलिरह्यो । रमेश मिश्र उपाध्यक्ष, म सचिव, विष्णु लामिछाने सहसचिव र कोषाध्यक्षमा सीता गौतम र १३ सदस्यको समिति गरेर साहित्य शुरु गरेका हौ।

साहित्यलाई कसरी हेर्नुपर्छ भन्ने लाग्छ तपाईलाई ?

मनको भावलाई समय सापेक्ष समजालाई चित्रण गर्ने कला नै साहित्य हो । जस्ले समाजको हित अहित सवै पक्षलाई समेट्ने सबै शास्त्रको रुसमा साहित्यलाई लिन सकिन्छ ।

साहित्यमा पछिल्लो पटक साहित्यमा विकृतिपन भित्रिएको छ भन्छन् यस्लाई कसरी हेर्नुभएको छ ?

समय सापेक्ष समयको विकृतिसंगै त्यस्को विकृत साहित्य पनि उब्जिएको हो ।जव समाज विकृत हुन्छ त्यस पछि साहित्यमा विकृत आउछ । हाम्रो समाज जस्तो छ साहित्य पनि त्यस्तै हुन्छ ।

पछिल्लो पटक साहित्यमा राजनैतिक भयो भन्छन् तपाईलाई के लाग्छ ?

साहित्यक पत्रकार भएकोले समाज जस्तो त्यस्तै चित्रण गर्ने हो । तर पत्रकार साहित्यकारले राजनैतिक गर्नुहुदैन् । साहित्यमा राजनैतिक गन्ध आउनु हुदैन ।

पत्रकारिता र साहित्यमा के भिन्नता छ ?

साहित्य श्रष्ट्राको सृजनशिलता हो भने पत्रकारिता पत्रकारिताको धर्मलाई कलापूर्ण तरिकाले निवार्ह गर्दछ ।

साहित्यको राजनैतिक धार हुन्छ भन्ने लाग्छ ?

साहित्यमा विपी कोइरालाले समाजवादी विचारधारको व्यक्ति साहित्यमा अराजकतावादी ठान्नुहुन्छ । त्यस्तै रमेश विकल प्रगतिशिल लेखक तर कलावादी लेखान्त थियो । तसर्थ मलाई के लाग्छ भने राजनैतिक जोडिएको हुनुपर्छ भन्ने लाग्छ । तर कतिपय लेखन त्यस्तो लाग्छ ।

कस्तो साहित्य मन पर्छ ?

समाजको यर्थात विम्व जस्ले उर्तान सक्छ त्यस्तो साहित्य चिरस्थायी हुन्छ । जस्तै गोपाल प्रसाद गोपाल प्रसाद रिमाल, लक्ष्मी प्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ आदिको रचनाहरु चिरस्थायी छ त्यसैले यस्तो साहित्य मन पर्छ ।

हजुर पत्रकार पनि साहित्यकार पनि यी मध्ये आफुलाई के भनेर चिनाउन मन पराउनुहुन्छ ?

म पेशाले पत्रकार हो । साथै साहित्यक पत्रकार भन्न मन पराउछु किनभने देवचुली साहित्यक पत्रिकाको सम्पादकको नाताले श्रष्ट्राहरुलाई प्रेरणा दिने लेख्न लगाउने र छाप्ने संगै आफूपनि सहभागि हुने क्रममा मेरो साहित्यक सृजनाले गति लिएको हो ? जति पत्रकारितामा सन्तुष्टि छु त्यति साहित्यमा छैन् ।

साहित्यमा असन्तुष्टि हुनुको कारण?

सृजनाहरु त्यति पर्याप्त लेख्न सकिरहेको छैन । काव्यात्मक रचनाहरु छैनन् । साथसाथै अहिलेको साहित्य उत्तर आधुनिक कालको समयसापेक्ष हुन सकिरहेको छैन । परम्परावादी परम्परालाई थेग्ने काम मात्र भएको छ । अरुको नक्कल गर्नु भएको छ । आफ्नै रचनामा नयाँपन छैन परम्परा धान्नेकाम मात्र भएको छ ।

साहित्यमा नयांपन कसरी ल्याउने त ?

श्रष्ट्राले नया“पन ल्याउनको लागि उत्तर आधुनिक सिद्धान्तहरुको अध्ययान गरि सिद्धान्त अनुकुलका विम्ब प्रतिक प्रयोग गरेर साहित्य सृजना गर्नुपर्दछ । नयाँ खोजमुलक रचना हुनुपर्दछ । तसर्थ फरक किसिमको अर्थात नयांपनको हुनुपर्दछ ।

पछिल्लो पिढीले साहित्यलाई कसरी हेर्नुपर्दछ ?

पुरानो सृजनाहरुको अध्ययन, नयाँपनको खोजी गरेर रचना गरिन्छ भने त्यो रचना नयाँपन र चिरस्थायी हुन्छ जस्तो लाग्छ तर नवलपुरको साहित्यमा नयाँपनको रचना गर्ने परिपाटी बस्न नसकेको हो कि भन्ने लाग्छ ।

पछिल्लोपटक युवा पिढीले साहित्य पत्रपत्रिका पुस्तक पढ्नै छोडे लेख्न छोडे किन?

हामीमा अध्ययनशिलताको कमि छ। पछिल्लोपटकको पिढीले विभिन्न सामाजिक सञ्जालमा भुल्छन। त्यसैले पनि पुस्तकहरु पढ्ने गर्दैनन्। एउटा कुनै रचना गर्न अध्ययनको आवश्यक्ता हुन्छ अध्यायनले नयाँपन ल्याउथ्यो। त्यसकै अभावले लेखाईमा गतिशिलता हुन नसकेको हो।

साहित्यमा लाग्न नया पिढीलाई के भन्नु हुन्छ ?

सर्वप्रथम त आफूमा लेखन प्रतिभा छ भन्ने ज्ञान हुनुपर्छ। त्यसपछि अध्यायन र अभ्यासले खारिनुप¥यो। अनि वल्ल सृजना गर्न सकिन्छ। गजल राना बुंद रानाले भन्नुभएको छ। सुन झै खारे पो पिन्दगी यो । जो निरन्तर लेख्छ त्यस्तो राम्रो लेख्न सक्छ ।

तपाई पुरानो लेखक र पुरानो पत्रकारको नाताले नवलपरासीको हिजो कस्तो थियो र आज कस्तो छ ?

२०४० को दशकदेखि २०६० को दशकसम्म नवलपरासीमा हुने सबै खाले साहित्यिक गतिविधिमा सहभागि हु“दा त्यतिबेलाको साहित्य नवप्रतिभाहरुको पहिचान सृजनशिल साहित्यलाई निरन्तरता दिने कार्य भएको पाइन्छ । ६० को दशकसम्म सीमित मात्रामा साहित्यक लेखनमा रहेको श्रष्ट्राहरु थिए । जस्लाई मैले नवलपरासीको साहित्यक व्यक्ति र कृति समेटेको छु । त्यसपछि नवलपरासीको साहित्यमा उर्वरता आएको पाइन्छ ।



सम्बन्धित
Loading...