नव युवा क्लब बर्दघाटमा काजी गुरुङ

186








बर्दघाट । नव युवा क्लव बर्दघाट १६ सुर्यनगरको अधिवेशनले भिमकाजी गुरुङ्गको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
सम्पन्न अधिवेशनले उपाध्यक्षमा अम्मर थापा मगर, सचिवमा पदम सापकोटा, सह सचिवमा भास बहादुर राना, कोषाध्यक्षमा छलिमाया उपाध्यायलाई चयन गरेको छ । यसैगरी सदस्यहरुमा चन्द्र गिरी, मिन गुरुङ्ग, सपना घले, झपिन्द्र बहादुर परियार सर्वसम्मत चयन हुनु भएको छ ।


सँस्थाका अध्यक्ष कृष्ण सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा बर्दघाट नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष सुक बहादुर गुरुङ्ग रहनु भएको थियो । क्लवले विभिन्न सामाजिक कार्यहरु सँगै अन्य सँघसँस्थाहरुको सहकार्यमा सामाजिक कार्यक्रम र खेलकुँदका कार्यक्रम गर्दै आएको छ ।






You might also like
Loading...