ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
साउन २८- झापामा प्रहरीले नेत्रविक्रम चन्द समूहका १७ कार्यकर्ता पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । सो समूहले भद्रपुर, बिर्तामोड, अर्जुनधारा, दमकलगायत विभिन्न स्थानमा एनसेलका टावरमा आगजनी तथा विष्फोट गराएको भन्दै तिनका कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।
आज बिहान बिर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालय (७, ८ र ९)मा समेत बम विष्फोट भएको छ । विष्फोटको जिम्मा कसैले नलिए पनि चन्द समूहले नै विष्फोट गराएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले बताउनुभयो । मैनालीका अनुसार वडा कार्यालयमा बम विष्फोट गराउने समूहको खोजी भइरहेको छ । प्रेसर कुकर बम विष्फोटका कारण वडाको सम्पूर्ण काम पूर्णरूपमा प्रभावित भएको छ । रासस