नवलपुर जिल्लामा चैत्रबाट राष्ट्रिय परिचय पत्र वितरणका लागि लगत संकलन हुने

190








 

रामकुमार श्रेष्ठ
कावासोती । पूर्वी नवलपरासीमा चैत्र महिनाबाट राष्ट्रिय परिचय पत्र वितरणका लागि तथ्यांक संकलन गरिने भएको छ ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग सूचना शाखाका निर्देशक सुभाष ढकालका अनुसार नवलपुरमा जिल्ला प्रशासन कार्यालय मार्फत चैत्र महिनाबाट राष्ट्रिय परिचय पत्र वितरणका लागि तथ्यांक संकलन कार्य शुरु हुने बताए । उनले कहिलेबाट वितरण गरिने भने खुलाएनन् ।
नागरिकता, जन्मदर्ता जस्ता सबै विवरण एउटै परिचय पत्रबाट हेर्न र बुझ्न पाउने गरी नेपाल सरकारले नेपालमा राष्ट्रिय परिचय पत्र वितरण शुरु गर्न थालेको हो ।





यसका लागि बुधबार नवलपुरको कावासोतीमा स्थानीय जनप्रतिनिधि, सरोकारवाला, कार्यालय प्रमुख, पत्रकारहरुसँग अन्तरक्रिया गरेको थियो ।
अन्तरक्रियामा गण्डकी प्रदेशका सांसदहरु कृष्णचन्द्र नेपाली, रोशनबहादुर गाहा, ओमकला गौतम, विष्णु लामिछाने, स्थानीय तहका प्रमुख तथा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा दिइएको जानकारी अनुसार राष्ट्रिय परिचय पत्र लागु भएका जिल्लाहरुमा राष्ट्रिय परिचय पत्र लागु भएपछि सबैमा अनिवार्य गरिने छ ।
यो डिजिटल प्रणालीको हुने छ । साथै मानिसको आँखाको नानी, दश औंलाको छाप लगायत समेत समावेश गरेर परिचय पत्र वितरण गरिने छ ।
राष्ट्रिय परिचय पत्र वितरण पछि एकीकृत राष्ट्रिय परिचय पत्र व्यवस्थापन सूचना प्रणालीको विकास गर्ने, नागरिकका वैयक्तिक र जैविक विवरणको संकलन, भण्डारण र उपयोग गर्ने, राष्ट्रिय परिचय पत्र व्यवस्थापन सूचना प्रणालीलाई राज्यबाट प्रवाह हुने सेवासँग आवद्ध गर्ने, नागरिकहरुको बहुउपयोगी राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम शुरु गरिएको हो ।



You might also like
Loading...