नवलपरासीको अरुणखोलामा अझै डाइभर्सन बन्न सकेन, टिप्परको लिगबाट सवारी पास, खोलामा ठूलो पानी आएर यातायात रोकिने





नवलपरासी । पूर्वी नवलपरासीको अरुणखोलामा रहेको अरुणखोला पुल ट्रकको ठक्करका कारण पुल भासिएपछि अवरोध भएको सडक खुलाउन अझै डाइभर्सन बन्न सकेको छैन ।
तत्कालका लागि बुधबारबाट नै खोलामा टिप्पर हिड्ने बाटोबाट ठूला सवारी साधन पास भएको भए पनि खोलामा ठूलो पानी आउना साथ सडक अवरुद्ध हुने सम्भावना उत्तिकै छ ।


सडक डिभिजन कार्यालयका इन्जिनियरहरु डाइभर्सन निर्माणका लागि स्थलगत अध्ययन गरेपनि डाइभर्सन भने बन्न सकेको छैन । टिप्पर हिड्ने लिग नभएको भए बुधबार दिनभर पूर्वपश्चिम लोकमार्ग अवरुद्ध हुने देखिन्छ ।
बुधबार विहान साढे ४ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बरको ट्रकले पुलको बायाँ साइडमा ठक्कर दिदा पुलको पूर्वदक्षिणको १० मिटर भाग डेढ मिटर गहिरो भासिएको कारण पुलबाट ठूला सवारी साधन पास हुन सकेको छैन ।
बुधबार विहान नौ बजेबाट मध्यविन्दु नगरपालिका १० करमघारी गाउँबाट हुँदै ठूला सवारी साधनहरु पास भईरहेको प्रहरीले जनाएको छ ।





सम्बन्धित
Loading...