पुरानो कावासोती बजारमा यस्तो पार्क बन्दै थ्रिडि डिजाइन सहित
कावासोती, ३० साउन ।
पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीको पुरानो कावासोती बजारमा ७० लाखको लागतमा बस्ने पार्कको निर्माणका लागि यस बर्ष पनि बजेट विनियोजन भएको छ।
गत बर्ष कावासोतीको वडा नं. ३ वडा कार्यालयले ८ लाख रुपैयाँ र प्रदेश सरकारको ३ लाखको बजेट विनियोजन गरेर पार्क निर्माण शुरु गरेको हो ।

यस बर्ष वडा कार्यालयबाट मन्दिर निर्माणका लागि ३० लाख बजेट विनियोजन गरिएको कावासोती ३ का वडा अध्यक्ष अमृत श्रेष्ठले बताए । हाल रहेको पुरानो मन्दिरलाई भत्काएर नक्सा अनुसारको ठाउँमा शिवमन्दिर निर्माणका लागि बजेट विनियोजन गरिएको हो ।
३ बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखि निर्माण शुरु गरिएको उक्त पार्क निर्माणको लागत भने बढ्न सक्ने सम्भावना रहेको कावासोती नगरपालिकाका इन्जिनियर पवन रुपाखेतीले बताए । पवन रुपाखेतीले सहरीकरण बढ्दै जाँदा सहरको सुन्दरता झल्कने गरी पार्क निर्माण गर्न थालिएको बताए ।
पार्कको थ्रिडि डिजाइन यस्तो रहेको छ । नक्साका डिजाइन विमला तिवारी लगायतले गरेका हुन् ।
