पश्चिम नवलपरासीकाे सिद्धार्थ मावि कुस्माका अध्यक्ष र प्रधानाध्यापक घुससहित पक्राउ


परासी, साउन ३१ ।
६५ हजार रुपैँया घुस रकमसहित अख्तियार दुरुपयोग अनुन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष पाल्हीनन्दन–३ प्रसिया निवासी केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय रहेको कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिनुभयो ।





शिक्षकको सरुवा सहमति र रमना मिलाईदिएबापत घुस लिएको सूचनाको आधारमा अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले विहिबार साँझ ५ बजेको समयमा परासीस्थित लुम्बिनी प्लसको कार्यालयबाट उनीहरुलाई पक्राउ गरेको भुसालले बताउनुभयो । गिरी सोही संस्थामा कार्यरत रहेका थिए । थप अनुसन्धान भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जनाएको छ ।




सम्बन्धित
Loading...