शुल्क वृद्धि फिर्ताको माग गर्दै बर्दघाटको दिव्यज्योति क्याम्पसमा तालाबन्दी


शोभा जिसी
नवलपरासी (बर्दघाट) । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको दिव्यज्योति क्याम्पसमा विद्यार्थी संगठनहरुले तालाबन्दी गरिदएका छन् ।
हाल वृद्धि गरिएको भर्ना शुल्क र मासिक शुल्क फिर्ताको माग गर्दै दिव्यज्योति क्याम्पसमा रहेका विद्यार्थीहरुले संयुक्त रुपमा क्याम्पसमा तालाबन्दी गरिएको नेविसंघ सभापति कमल बस्यालले बताए ।




उनीहरुले हाल वृद्धिगरिएको तलब तत्काल फिर्ता नगरी दुई दिन पछि थप कडा आन्दोलनमा उत्रिने चेतावनी पनि दिएका छन् ।
क्याम्पसको स्ववियु, अनेरास्ववियु र नेविसंघले संयुक्त रुपमा विज्ञप्ति समेत जारी गरी तत्काल शुल्कवृद्धि फिर्ता लिन माग गरेको छ ।



सम्बन्धित
Loading...