अरुणखोलामा बाढी, डाइभर्सन बग्यो, महेन्द्र राजमार्ग फेरि अबरुद्ध, भोलि मात्र मर्मतको काम शुरु हुने


रामकुमार श्रेष्ठ
नवलपरासी । पूर्वी नवलपरासीको अरुणखोलामा आएको बाढीले डाइभर्सन बगाए पछि सडक अवरुद्ध भएको छ ।
आइतबार साँझ पहाड तिर परेको पानीले खोलामा पानीको सतह बढेपछि डाइभर्सन समेत नाघ्ने गरी बाढी आएर डाइभर्सन बगाएको हो ।
महेन्द्रराजमार्गको अरुणखोला पुल भाचिएका कारण बनाइएको डाइभर्सन सडक भन्दा माथिवाट खोलाको बाढी बग्न थाले पछि महेन्द्र राजमार्गको यातायात ठप्प भएको छ ।
आइतवार सांझ ५ बजेपछि लगातारको वर्षादका कारण अरुणखोलामा पानीको सतह बढेपछि गाडी बगाउने जोखिम हुन नदिन डाइभर्सनमा गाडी गुडाउन रोक लगाएको हो ।




जिल्ला ट्राफिक प्रहरीका अरुणखोलामा खटिएका सई राजेन्द्र कुमार कार्कीले दिएका अनुसार सांझ साढे ५ बजे पछि यातायात रोकिदा महेन्द्र राजमार्ग हुदै पुर्वपश्चिम हिडेका सयौं सवारीसाधन अरुणखोलाको पुर्व पश्चिम अलपत्र परेका छन् ।
पानीको सतह पुरै नघटेसम्म बाढीले गाडि बगाउने जोखिमहुने त्रासले यातायात संचालन हुन नदिने उनले जानकारी दिए । पानीको सतह पुरै घटेपछि अवस्था हेरेर यातायात खुलाइने उनले सुनाए ।
५ दिन अघि अरुणखोला पुलमा गाडी ठोक्किएका कारण पुल भाचिए पछि ३ दिन लगाएर बैपल्पिक सडक बनाएर आबगम नखुलाइएको थियो । हयूम पाइप राखेर बनाएको कच्चि डाइभर्सन सडक भन्दा माथिवाट पानी बगेपछि फेरी राजमार्ग अबरुद्ध भएको हो ।



सम्बन्धित
Loading...