गण्डकी प्रदेशको भारतसँग जोडिएको एक मात्र नाका त्रिवेणी भन्सार शुरु
भिमबहादुर राना मगर
नवलपरासी । भारतसँग सीमा जोडिएको गण्डकी प्रदेशको एक मात्र नाका त्रिवेणी छोटी भन्सारमा सेवा शुरु भएको छ ।
२५ हजारसम्मको रसिद काट्न पाउने गरी नाका शुरु भएको हो । यस अघि ५ हजारसम्मको मात्र समानको भन्सार काट्न पाउने थिएन । भन्सारको संघीय सांसद एवम् नेकपा नवलपुरका इन्चार्ज तिलक महतले आइतबार एक कार्यक्रम बीच शुरु गराएका हुन् ।

यो छोटी भन्सार गण्डकी प्रदेशको भए पनि प्रदेश ५ मा पर्ने महेषपुर भन्सारको मातहत रहेको छ ।
कार्यक्रममा महतले अबको एक दुई महिनामै १ लाख बराबरको भन्सार काट्न सक्ने गरी स्तर उन्नती गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी उनले स्तर उन्नतीसँगै त्रिवेणी बगुवन हुदै दुम्किबाससम्मको सञ्चालन गर्न अपरिहार्य रहेको बताए ।
त्रिवेणी छोटी भन्सार कार्यालयको मालबस्तु जांचपास शुभारम्भ कार्यक्रममा गण्डकी प्रदेशका सांसद रोशन गाहा, प्रदेश नम्बर ५ का सांसद अजय शाही, नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम महेषपुर भन्सार कार्यालयका हेम चन्द्र शर्माको अध्यक्षतामा भएको थियो ।