कावासोतीका एक महिलाको वेवारिसे मृत्यु


भिमबहादुर राना मगर
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ बाइस घरेमा बस्दै आएकी एक महिलाको वेवारिसे मृत्यु भएको छ ।
बाइस घरेमा बन्दै गरेको नयाँ घरमा बस्दै गरेको जमुना नाम बताउने यकिन नाम, थर, वतन नखुलेको महिलाको उपचारको क्रममा भरतपुरको जिल्ला सरकारी अस्पतालमा मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।




सोमबार अचानक विरामी परेकी ति महिलाको स्थानीय र प्रहरीको सहयोगमा स्थानीय मेडिकलमा सामान्य उपचार पछि थप उपचारका लागि भरतपुर लगिएको थियो । उनको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...