एकसातादेखि अरुणखोला अस्तब्यस्त, पानीको १००, चाउचाउको ७५ रुपैया

387








नारायण शर्मा (नवलपरासी)। लगातार एक सातादेखिको घण्टौ जामको फाइदा उठाउदै स्थानीयले एक बोत्तल बोतलको पानीको १०० सम्ममा बेच्ने गरेका छन भने चाउचाउको ७५ र बिक्कुटको ५० रुपैया सम्ममा बिक्रि गर्ने गरेका छन । अरुण्खोलाको पुर्व र पश्चिम दुबैतिर गाडिको लाइन हुने गरेको छ । महेन्द्रराजमार्ग सडकको दुबैतर्फ बाक्लो जंगल छ । एकतर्फी सडक खुल्दापनि ४ घण्टासम्म लामो जाम रहेको छ ।





बजार नभएका कारण स्थानियले जंगलमा जाममा परेकाहरुवाट राम्रै कमाइ गरेका छन । बजार छैन अत्याबस्यकीय पानीको एक सय तिरे झापा दमकवाट नेपालगंज हिडेका बिक्रम पराजुली भन्छन यस्तो चरम मुल्य बृद्धि गर्दापनि कसैको चासो छैन । उनले जंगलमा सबैलाई हतार भएको र खाने वा किन्ने पसल नभएका कारण यात्रु मन्लाग्नी मुल्य तिर्न बिबश भएको सुनाए ।
पुर्व मेची र पश्चिम महाकालि पुग्न यहावाट बराबर दुरी पर्दछ । करिब ५ सय किलोमिटर दुरी । दुबै तर्फका यात्रुको चाप पनि सडकमा उत्तिकै छ । घण्टौ जाममा परेका कारण र नजिकमा किनमेलको पसल नभएका कारण जस्ले जति भन्छ त्यति मुल्य तिर्न बाध्यता रहेको मकवानपुरकी अजिता तमांगले गुनासो गरिन । पानी छैन छाहारी छैन चर्को घाममा बस भित्र बस्दा निकै सकस हुने गरेको र मनलाग्दो मुल्य तिर्न बाध्य भएको उनको भनाई छ।

उवासंघले थाल्यो समान बेच्न

 


यता चोरमारामा रहेको उद्योग वाणिज्य संघले यात्रुले चर्को मुल्यमा अत्याबस्यकिय समान खरिद गर्न बाध्य भएको जानकारी पाएपछि सानो गाडिमा चाउचाउ , बिस्कुट , पानी र चकलेटको बिक्रि शुरु गरेको छ । सोमवार बाट यात्रुको असुबिधालाई ध्यानमा राखेर उद्योग वाणिज्य संघ मध्यबिन्दु नगरपालिकाको कार्यलयले सुपथ शुरु गरेको हो । उवासंघका अध्यक्ष केदार पराजुलीले सानो गाडि भाडमा लिएर पानी , बिस्कुट , चाउचाउ , चक्लेट जस्ता खाद्य पदार्थ बिक्रि गरिएको जानकारी दिए । उनले बजारको दर रेटमै ग्राहकलाई राजमार्गमा जाममा परेको स्थानमै समान दिने उदेश्यले ३ जना कर्मचारी खटाएर बिक्रि गरिएको बताए ।

छैन अनुगमन

बजार अनुगमनको जिम्मेवारी हेर्ने जिल्ला प्रशासन कार्यलय भने हजारौ यात्रुले जंगलबिचको राजमार्गमा एकसातादेखि चर्को मुल्यमा पानी खरिदन बाध्यहुदा समेत बेखबर छ ।
पुर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर कार्कीले बढि मुल्यमा बिक्रि गरिएको भन्ने जानकारी नै आफुलाई नभएको बताए । अब अहिल्यै अनुगमन थालेर बढि मुल्य नलिने ब्यबस्था मिलाउछु उनले भने ।

एक तर्फी खुलेपनि घण्टौजाम , सास्ती उस्तै

पुर्वी नवलपरासी स्थित महेन्द्रराजमार्गको अरुणखोला पुल भाचिएका कारण बनाइएको डाइभर्सन सडकमा उर्लेर आएको बाढिले रोकिएको यातायात एकतर्फी खुलेको छ ।


खोलमा पानीको सतह घटेपछि यातायात एकतर्फी खुलाइएको हो । डाइभर्सन गरि बनाएको कच्चि सडक भन्दा माथिवाट पानीको भेल बगेका कारण सोमवार दिनभरी यातायात अबरुद्ध भएको हो । दोहोरो सडक नखुल्दा सम्म लामो जाम सडकमा देखिएको छ । देशभरीकै लाइफलाइन सडक भएका कारण पुर्वपश्चिम हिडने सबै गाडि महेन्द्रराजमार्ग हुदै आउजाउ गर्ने गरेका कारण यो राजमार्गमा सवारी चाप अत्यधिक हुने गरेको छ ।

सडक डिभिजन कार्यालयले २ वटा डोजर लगाएर दोहोरो आवगमनहुने गरि कच्चि डाइभर्सन सडक बनाउदै गरेको छ । डिभिजन सडक कार्यालय बुटवलले पानी रोकिएका कारण मंगलवार सांझ सम्म दोहोरो यातायात संचालन हुने गरि काम भैरहेको जानकारी दियो ।
वर्षाद हुनासाथ खोलामा पानी बढने बित्तिकै यातायात बन्द हुने र पानी घटेपछि पुनः यातायात सूचारु हुने गरि प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दियो ।

एक साता अघि अरुणखोला पुलमा गाडि ठोक्किएका कारण पुल भाचिएपछि ३ दिन लगाएर बैपल्पिक सडक बनाएर आबगमन खुलाइएको थियो । हयूमपाइप राखेर बनाएको कच्चि डाइभर्सन बगाएका कारण राजमार्ग अबरुद्ध हुदा पुर्व पश्चिम हिडेका हजारौ यात्रु अलपत्र पर्ने र पानीको तह घटेपछि यातायात सूचारु हुने गरेको छ ।
भाचिएको पुल टेका लगाएर माथि उठाउने र सोझयाउने काम पनि भैरहेको छ । सडक डिभिजन कार्यालय बुटवलका प्रमुख मेघराज मराशिनीले दुइ हप्ताभित्र पुलवाटै यातायात संचालन गर्नेगरि काम भैरहेको जानकारी दिए । उनले पुलको भाग माथि उचालेर सोझ्याउने र केहि नया सापो राखेर पुल सोझयाउने काम भैरहेको जानकारी दिए । भदौ १५ गते सम्म पुल वाटै यातायात चल्न सक्ने बनाउछौ उनले भने ।



You might also like
Loading...