पुडासैनी आत्महत्या प्रकरणः अनुसन्धानका लागि फेरी पाँच दिनको म्याद थपियो




चितवन,भदौं ३ –
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका संचारकर्मी रवि लामिछानेसहित तीन जनालाई हिरासत मै राखेर अनुसन्धान गर्न पुनः पाँच दिनको म्याद थपिएको छ ।
जिल्ला अदालत चितवनका न्यायाधीश केशव अधिकारीको एकल इजालासले लामिछाने सहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती दिएको हो ।
पाँच दिन हिरासतमा राखेर सोधपुछ गरेपछि प्रहरीले लामिछानेसहित तीन जनालाई दोस्रो पटक म्याद थपका लागि आज अदालतमा उपस्थित गराएको थियो । वादीको तर्फबाट जिल्ला न्यायधिवक्ता यदु शर्माले वहस गरेका थिए ।
प्रतिवादीका तर्फबाट अधिबक्ताहरु सुनिल पोखरेल, सुसिल पन्त र चुडामणी सापकोटाले बहस गरेका थिए ।




आरोपी तीन जनालाई विहान १० बजे नै अदालत लगिएको थियो । लामिछानेसहित पत्रकार युवराज कँडेल र रुकु कार्की (अस्मिता) विरुद्ध शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहान मुद्दामा अनुसन्धान भइरहेको छ ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका रवि लामिछानेलगायत तीन जनालाई हिरासतमा राख्न म्याद थप गरेलगत्तै प्रदर्शनकारीले भरतपुरमा प्रर्दशन गरेका छन् । भरतपुरको चौविसकोठीमा प्रदर्शनमा उत्रिएका प्रर्दशनकारी र प्रहरी विच झडप भएको छ । चौविसकोठीमा सडक अवरुद्ध गर्न खोज्ने क्रममा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

संसदमा उठ्यो रवि लामिछानेको विषय, अनुसन्धान प्रभावित हुने चिन्ता

टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउको विषय मंगलबार प्रतिनिधिसभामा पनि उठेको छ । पत्रकार शालिकाराम पुडासैनी आत्महत्याको विषयमा अनुसन्धानका लागि लामिछाने पक्राउ परेपछि चितवनका सडकमा भइरहेका गतिविधिले अनुसन्धान प्रभावित पार्न सक्ने सांसदहरुले बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद शान्ता चौधरीले अनुसन्धान प्रक्रिया चलिरहेका बेला त्यसलाई प्रभावित पार्न खोज्ने गतिविधि भइरहेको बताइन् । ‘को दोषी को निर्दोष भन्ने सवाल चलिरहेको बेला अनुसन्धान प्रभावित बनाउन खोज्ने प्रवृत्ति सही मान्न सकिदैन’ उनले भनिन्, ‘यस्तो बेलामा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ ।’

त्यस्तै नेकपा सांसद हितबहादुर तामाङले चितवनको सडकमा गैरसंवैधानिक खालको नारा लागिरहेको भन्दै त्यसलाई सरकारले तत्काल नियन्त्रण गर्नुपर्ने बताए ।

पत्रकार मृत्यु प्रकरणः भिडियोमा रहेको आवाज पुडासैनीकै, झुन्डिएकै कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्ट

 

रवि लामिछाने सहित तीन जनालाई चितवन जिल्ला अदालत लगियो



सम्बन्धित
Loading...