अछाममा जीप दुर्घटना, तीनजनाको मृत्यु


डडेल्धुरा :  अछामको बान्नीगढी जयगढ गाउँपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एकजनाको घटना स्थलमै र अरु दुई जनाको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको  हो।



दुर्घटना स्थलमा बान्नीगढी जयगढ गाउँपालिका–४ का अशोक परियारले मृत्यु भएको थियो भने उपचारका क्रममा बान्नीगढी जयगढ गाउँपालिका–४ कै काले परियार र बैतडी  घर भइ हाल अछाममा सवारी चालकको काम गर्दै आएका लाल बोहराको मृत्यु भएको अछाम प्रहरीले जनाएको छ।




मुजाबगरबाट जयगढ आउँदै गरेको से १ ज ९९५ नम्बरको जिप जयगढ माझेठाना सडक खण्डअन्तर्गत सुकिबाग डिल्ली बजार नजिक बुधबार साँझ सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए।



सम्बन्धित
Loading...